१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालमा लकडाउन खुकुलो हुदै असारदेखि लामो दुरीका सवारी साधन सञ्चालन हुनसक्ने

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
काठमाडौँ कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउनको स्वरुप परिवर्तनसहितको खाका तयार पारेको छ। यद्यपी उक्त प्रस्ताव र मोडलबारे छलफल भने जारी नै छ।
उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो।
कोरोना संक्रमणका आधारमा जिल्लालाई छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण रुपमा खोल्न सकिने गरी योजना समेटेर खाका तयार पारिएको छ। उक्त खाका अनुसार जेठ २५ गतेदेखि ७० दिनभित्र पूर्ण रुपमा लकडाउन खोल्न सकिने उल्लेख छ ।
यो योजना अन्तर्गत कोरोना भाइरस संक्रमण अत्यन्त कम देखिएका जिल्लाहरुमा जिल्लाभित्रै सवारी साधन सञ्चालन गर्न सकिने छ भने असार १ बाट लामो दुरीका यातायात सञ्चालन गर्ने प्रस्ताव छ।
तर, यी सवारी सञ्चालनका लागि निश्चित शर्तहरु लागू हुनेछन्। ती सर्तहरु के के हुने भन्नेमा भने सरोकारवालाहरुबीच छलफल जार िगरेको स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!