२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सल्यानमा श्रीमतीद्वारा श्रीमानको हत्या

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
सल्यान त्रिवेणी गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन्।
आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।
हत्या आरोपित श्रीमतीलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ। मृतक घर्तीको शवको पोष्टमार्टम सोमबार हुने सल्यान डिएसपी खतिवडाले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!