१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

कोहलपुर मेडिकल कलेज सिल

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुर मेडिकल कलेज सिल
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ । सोमबार अछामबाट उपचारकालागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।
कोहलपुरमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाईनमा राखीएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरीएको डा. श्रेष्ठले बताए ।
१८ हप्ताको गर्भवती समेत रहेकी ति महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरीएको डा. श्रेष्ठले जानकारी दिएका छन ।
ति महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो । अछामको अस्पतालले जागिरबाट निकालेपछि आत्मदाहको प्रयास गरेका ति व्यक्तिको उपचारका क्रममा मृत्यु भएको डा. श्रेष्ठले पुष्टि गरे ।
अस्पतालले करार नविकरण नगरेपछि उनले सोमबार बिहान आफैँलाई पेट्रोल छर्किएर अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अबस्थामा पुगेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत कोहलपुर ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]