१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

क्वारेन्टाइनको लागि बाँके युनेस्क क्लबले १४ लाखको विभिन्न सामाग्रीहरु प्रदान

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह
बाँके जिल्लाको नरैनापुर र नेपालगन्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि बाँके युनेस्को क्लबले १४ लाख रुपैया भन्दा बढीका विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।
नरैनापुर र नेपालगन्जका क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्नु पर्ने माग चारैतिरबाट उठेपछि सो का लागि प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा दुबै पालिकामा रहेका क्वारेन्टाइनलाई ठुलो संख्यामा विभिन्न सामाग्रीहरु मंगलवार उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
संरक्षक सिद्दिकीका अनुसार प्रदान गरिएका सामाग्रीहरुमा पी फोम, मच्छर झुल, बेड कभर, साबुन, तौलिया, पेस्ट, व्याग, टुथ ब्रस, नेल कटर, काईंयो, सर्जिकल मास्क, स्यानेटरी प्याड, खेल सामाग्री र रेडियोसहितको म्यूजिक सिस्टम रहेका छन् ।
नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका लागि ३०० जनालाई पुग्नेगरी सबै सामाग्री उपलब्ध ४ लाख ६१ हजार रुपैयाँको सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।
सोही प्रकारले नरैनापुरका ८ वटा क्वारेन्टाइनलाई पुग्ने गरि पाँच पाँचसय थान झुल, पी फोम, बेड कभर, हाइजिन किट गरेर ९ लाख ४९ हजार रुपैयाको सामाग्री प्रदान गरिएको उहाँले बताउनु भयो ।
ती सामाग्रीहरुलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगलाई प्लान ईन्टरनेसनल एरिया कार्यालय नेपालगन्जका प्रमुख मिना पराजुलीले हस्तान्तरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारीले सो सामाग्रीलाई नेपालगन्ज उपमहानगरका मेयर धवल शमसेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले कोभिड १९ विरुद्धको अभियानमा सबैको सहयोग र समर्थन आवश्यक रहेको जनाउँदै सबैले मिलेर एकतावद्ध भै अभियान चलाइयो भने सफल हुने बताउनु भयो ।
उहाँले क्यारेन्टाइनको व्यवस्थापनमा सहयोग गरेकोमा प्लान र युनेस्को बाँकेप्रति आभार व्यक्त गर्नुभयो ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन सुधार्ने अभियान चालिएको बेला प्राप्त भएको यो सहयोग निकै उपलब्धीपूर्ण रहने बताउनु भयो ।
उहाँले कोभिड १९ नियन्त्रणमा सहयोग गर्ने सबै जिल्लावासीलाई धन्यवाद पनि दिनुभयो ।
सो अवसरमा प्लान इन्टरनेसनल नेपालका नेपालगन्ज एरिया कार्यालयका प्रमुख मिना पराजुलीले सहयोगको आवश्यकता र औचित्य बारे जानकारी गराउनु भएको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले सहयोग गरिएको सामाग्रीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, गाउँ पालिकाका कार्यकारी प्रमुख मणी राम खराल, नेपालगन्ज उप महानगरका उप मेयर उमाथापा मगर, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झना, प्लान इन्टरनेसनल नेपाल काठमाण्डौका लजिस्टिक म्यानेजर प्रशान्त उपाध्याय, प्लान इन्टरनेसनल नेपाल नेपालगन्जका फाइनान्स म्यानेजर रमेश केसी लगायतको उपस्थिति रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]