२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

लकडाउन नहटाउन डब्ल्यूएचओको आग्रह! हटाए आगो जसरी फ़ैलिन सक्ने चेतावनी

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

एबिसी संचार
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन्।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड(१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन: सल्किने बताए।
विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे। उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड-१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए।
‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड-१९ लाई अन्तर्रा्ष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो। मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो।
महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो।
‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।’ भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, ‘प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ।’
त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ। अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ। डब्ल्यूएचओको कामको थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए।
राजीनामा मागिएको विषयमा प्रश्न सोधिँदा उनले मानिसहरूको जीवनरक्षाका लागि आफू रातदिन काम गर्ने बताए।
गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए।
ट्रम्पले कोरोनाभाइरस संक्रमण फैलिरहेको सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाएका थिए।मङ्गलवार पुनस् अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीन र डब्ल्यूएचओमाथि आलोचना दोर्होयाएका छन्।
विदेशमन्त्री पोम्पेओले पत्रकारहरूलाई भनेका थिए, ‘चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ कोरोनाभाइरसको प्रकोपलाई समयमै सही ढङ्गले डब्ल्यूएचओलाई जानकारी दिएन भन्ने कुरामा हामी स्पष्ट रूपमा विश्वास गर्छौँ। कालापानी पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!