२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुल्मीमा पहिरोले पुर्याएर २ को मृत्यु ४ जना घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी संचार
गुल्मीको धुर्कोट गाउपालिका-३ हर्रापाटा भन्ने स्थानमा शनिबार खसेको पहिरोमा परेर एक महिन्द्रा जीप क्षतिग्रस्त भएको छ ।
पहिरोमा पुरिएको उक्त जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा रुटमा चल्ने देउराली यातायातको ग १ ज ३९९७ नम्बरको जिप पुरिएर यात्रु तुल्सीराम काउछा र चालक प्रदिप पुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक (सई) राजिब श्रेष्ठले जानकारी दिए ।
सई श्रेष्ठका अनुसार उक्त दुर्घटनामा रमेश राना, केशव काउछा, खिम बहादुर काउछा र बिशाल काउछा घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र घाइते सबैको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!