१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

डब्ल्यूएचओले भन्यो कोरोना महामारीको सबैभन्दा खराब समय अझ आउनै बाँकी छ’

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व प्रभावित बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको अवस्था झनै खबर हुने चेतावनी दिएको छ।
६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ। जसका कारण थुप्रै देशमा स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी बनेका छन् भने विश्वव्यापी अर्थव्यवस्था नराम्रो असर परेको छ। यस्तो अवस्था हुँदा पनि महामारी घट्ने संकेत देखिएको छैन्।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा महामारी झनै खराब स्थितीमा पुग्ने चेतावनी दिएका छन्।
सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले सबै जनाले यो महामारी उन्मुलन होस् भन्ने चाहदा चाहदै पनि यो महामारी उन्मुलनको यात्रामा निकै टाढा रहेको बताए।
उनले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं।’
केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरेपनि विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेका कारण यसको स्थिती झनै खराब हुने देखिएको छ।
टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन्। गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!