०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

दाङको तुलसीपुर कारागारमा एकजना कैदीको मृत्यु

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार दाङ असार २२ ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपुलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको उपचारको क्रममा सोमबार मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।
उनको सोमबार विहान ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मुसलमान पटक–पटक विरामी पर्ने गरेका थिए ।“उहाँ पटक–पटक विरामी परिरहनुहुन्थ्यो, चार÷पाँच दिनदेखि हामीले उपचार गर्दै आएका थियौं”, उनले भने “ उहाँले दिशा पिसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या हुदै आएको थियो ।”
कपिलबस्तु जिल्ला अदालतले २०७५ असोज १५ गते मुसलमानलाई तीन बर्ष कैद सुनाएको थियो । कपिलबस्तुको कारागार रहेका मुसलमानको गएका बर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको नासु वलीले बताए । मुसलमानको शवलाई आफन्तले बुझिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]