०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

दाङमा सक्कली प्रहरीको फन्दामा दुईजना नक्कली प्रहरी पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

सागर थापा
दाङमा सक्कली प्रहरीको फन्दामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ दक्षिण कर्मटुवा निबासी ३० बर्षको सुरोज नेपाली र सल्यानको दार्मागाउँपालिका ४ भलचौर निबासी ३० बर्षका गोपाल मल्ल रहेका छन् । पक्राउ परेका नेपालीले घोराहीको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेल र पाहुना गेष्ट हाउसमा गएर आफु प्रहरीको सई भएको र मल्लले असई भएको भन्दै होटल संचालकलाई दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले होटेल संचालकलाई मासिक रुपमा पैसा बुझाउनु पर्ने भन्दै धम्की दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलाई १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!