कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ ।
सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ?
केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो?
सरकारले राजस्व उठाउनुपर्ने हो कि राजस्व गुमाएर टुलुटुलु हेरेर बस्नुपर्ने हो?
यदि सबै कुरा थाहा हुँदाहुँदै पनि नियन्त्रण हुँदैन भने कमजोरी कहाँ छ?
सुरक्षा निकायमा, प्रशासनमा कि कतैको मिलेमतो त छैन । ?