रोल्पा : राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पा जिल्ला सभापति बालाराम थापाले जिल्लामा संगठन विस्तारको कार्यलाई तीब्रता दिदै आएका छन् ।
थापा पार्टीको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा जिल्ला सभापतिमा निर्वाचित बनेका थिए । पार्टीको जिल्ला उपसभापति रहदै उनी २०८२ सालको प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । जिल्लामा पहिलोपटक रास्वपाबाट उम्मेदवार बनेर १० हजार बढी लोकप्रिय मत प्राप्त गरेर उनले रास्वपाको क्रेज बढाएका थिए । त्यसोत रोल्पा जिल्ला तत्कालीन १० वर्षे माओवादी द्वन्दको उद्गमस्थल र आधार ईलाका समेत हो ।
थापा जिल्लाको पार्टी सभापति भएयता जिल्लाका दिग्गज व्यक्तिहरु , सञ्चारकर्मी लगायतलाई पार्टीमा जोडिरहेका छन् ।उनको सरल र रचनात्मक प्रस्तुतिले सर्वसाधारणदेखि सबैलाई प्रभावित पार्ने गरेको छ । निर्वाचनमा प्राजय बनेपनी थापाले आफ्नो जिम्मेवारी रोल्पावासीलाई राज्यसंग जोड्ने प्राथमिकता रहेको बताउँदै आएका छन् । जिल्ला अस्पताल रेउघामा डाक्टर अभावमा स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराउने देखि उवा पहिरोमा उद्वार लगायत थुप्रै कार्यमा जनतासंग नजिक बन्दै आएका छन् । रसुवा बाढीपीडितका लागि १ लख ५ हजार रुपैयाँ बढी आर्थिक सहयोग गर्नुकाशाथै नागरिककै सुखदुःखमा संगसंगै रहदै आएका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा बलियो पकड रुन्टीगढी गाउँपालिका बन्दै गएको छ । जिल्ला सभाथापा गत कार्तिक २९ गते रुन्टीगढी ७ पुगेर एकैसाथ २७ जना स्थानीयहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरेका हुन् । पछिल्लो समय जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति थापालाई पछ्याउँनेहरुको संख्या दिनानुदिन बढ्दै गैइरहेको छ ।