०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

अमेरिककाे ४६ औँ राष्ट्रपतिमा निर्वाचित वाइडेन:

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(ABC Sanchar)                                          अमेरिका कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।
आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो ।
भर्खरै प्राप्त मतगणनाको परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको हो । चुनाबी परिणामलाई निकै ठूलो प्रभाव पार्नसक्ने राज्यका रुपमा बाँकी रहेका चारवटा राज्यमध्ये पेन्सिलभेनिया राज्यको मतगणनाको परिणाम आएपछि उहाँ राष्ट्रपति मा निर्वाचित हुनुभएको हो ।
मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ ।
विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार, उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मत पाएर विजयीहु नुभएको हो । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । पेन्सिलभेनियाको परिणाम आएपछि अब बाँकी रहेका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र हवाइको परिणाम वाइडेनको पक्षमा नआएप नि कुनै फरक पर्दैन । यी बाँकी पाँच राज्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!