०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दुर्घटना न्यूनीकरणको अभियान लिएर प्रहरी प्रमुख र ट्राफिक प्रमुख गाउँमा

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(सागर थापा)
दाङ भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक पोष्ट भालुवाङको सयुत्त आयोजनामा दुर्घटना न्यूनीकरण गर्न गाउँ गाउँमा अभियान लिएर ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले सवारी चालकहरुलाई सुरक्षित तरिकाले सवारी चलाउन तथा यात्रुहरुलाई ट्राफिक नियमको पालना गरि हिड्न अनुरोध गरेका छन् । प्रतिनिधी सभाका सदस्य गंगा थारुको आग्रहमा राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै भालुवाङ प्रहरी प्रमुख प्रहरी निरिक्षक भट्टले सुझाव दिएका हुन् । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन सचेतना कार्यक्रमको आयोजना गरेको सवारी चालकहरुलाई सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
तिहार तथा छठ पर्वलाई लक्षित गदै आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक भट्टले सवारी चालकहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे । उनले सवारी चालककै कारणले सडक दुर्घटना बढी हुने देखिएकाले सवारी चालकहरुलाई सवारी चलाउदा संम्यम भएर चलाउन सुझाब समेत दिए । त्यस्तै उनले यात्रुहरुलाई ट्राफिक निमयको पालना अनिर्वाय गरी आवातजावत गर्न सुझाव दिएका छन् । चाडपर्वका बेलामा यात्रुहरु धेरै हुने र सवारी साधनहरुको धेरै चाप हुने भएकाले सचेतना कार्यक्रम गरी सवारी चालक र स्थानीयहरुलाई सचेत गराइएको भट्टको भनाई छ । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका ट्राफिक प्रमुख नन्द पोख्रेलले ट्राफिक नियम सम्बन्धि सहजीकरण गरेका थिए । कार्यक्रममा सिसहनियाँका नागरिक अगुवा चालक सहचालक र स्थानीयहरुको ब्यापाक सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!