सल्यान । सल्यान जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सल्यानमा मादक पदार्थ सेवन (मापसे) गरी र ट्राफिक नियम पालना नगरी सवारी चलाउने २ सय २३ जना सवारी चालक कारबाहीमा परेका छन्।
सल्यानका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो।
ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीका अनुसार मदिरा सेवन गरी सवारी चलाउने ४९ जना र ट्राफिक नियम पालना नगरी चलाउने १७४ जना रहेका छन्। कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन्।
२२३ सवारी कारबाहीबाट २ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी गराए।
उनका अनुसार दसैं अवधिमा ६ वटा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका थिए।
ट्राफिक प्रहरीले चाडपर्वको समयमा पनि नियम पालना गरी सुरक्षित यात्रा गर्न सबै चालकलाई आग्रह गरेको छ।