२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतमा नीतिशकुमार सातौं पटक विहारको मुख्यमन्त्रीमा नियुक्त

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(ABC Sanchar)
नयाँदिल्ली भारतको विहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिशकुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गर्नुभएको छ । जनता दल युनाइडेटका ध्यक्ष समेत रहनुभएका नीतिशकुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गर्नुभएको हो ।
उहाँको अहिलेको लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उहाँ सातौ पटक हुनुभएको छ । सपथग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको थियो ।
उहाँले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गर्नुभएको छ । उनीहरुलाई पनि आजै सपथ ग्रहण गराइएको छ ।
प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल ९आरजेडी०ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ ।
आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, “जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्योभन्दा उल्टो पक्षबाट बनाइयो, त्यसैले हामीले सपथ ग्रहण समारोह बहिस्कार गरेका हौँ ।”
हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी ९भाजपा० र मुख्यमन्त्री नीतिशकुमारको पार्टी राष्ट्रिय जनता दल ९आरजेडी० सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन ९एनडीए०ले नै बहुमत प्राप्त गरेको छ । तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । सवैभन्दा ठुलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् ।
सरकार बनाउन गठबन्धन बनाएर बहुमत पु¥याउने प्रचलन भएकाले ठूलो पार्टी भएर पनि यादवको पार्टीले बहुमत जुटाउन असफल भएको छ ।
सत्तारुढ दलहरुको गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ ।
प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिटसहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नीतिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ ।
नितिशकुमारको पार्टीले धेरै सिट जितेपछि उहाँको गठबन्धनले पुर्वसहमति अनुसार उहाँलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेर उहाँ फेरि मुख्यमन्त्री बन्नुभएको हो ।
निर्वाचनका बेला विधान सभामा आफुले अहिले अन्तिम पटक उम्मेदवारी दिएको बताएकाले सायद मुख्यमन्त्रीका रुपमा उहाँको यो अन्तिम कार्यकाल हुनेछ ।
कुल २४३ सिट रहेको विहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको थियो ।
निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!