२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

बानिया गाँउमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, ५ घाईते

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह) नेपालगन्ज। बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन । बनियाँ गाउँका स्थानीयहरु बीच सोमबार बेलुका झडप हुँदा सोही वडाका धनिराम यादवको ज्यान गएको हो । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
बाँकेको बनियाँ गाउँका स्थानिय बिच झडप
झडपमा घाईते भएका यादवको उपचारमा क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो ।
अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न ४ जनालाई प्रकाउ गरिएको छ ।
हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा गाउँ मेलामा सामान्य विवाद भएपछि प्रहरीले दुबै पक्षलाई सम्झाएर पठाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!