०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बानिया गाँउमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, ५ घाईते

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह) नेपालगन्ज। बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन । बनियाँ गाउँका स्थानीयहरु बीच सोमबार बेलुका झडप हुँदा सोही वडाका धनिराम यादवको ज्यान गएको हो । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
बाँकेको बनियाँ गाउँका स्थानिय बिच झडप
झडपमा घाईते भएका यादवको उपचारमा क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो ।
अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न ४ जनालाई प्रकाउ गरिएको छ ।
हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा गाउँ मेलामा सामान्य विवाद भएपछि प्रहरीले दुबै पक्षलाई सम्झाएर पठाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!