१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सरकारी सुराकी गरेको भन्दै विप्लव पाटीले गोली हानी शिक्षकको हत्या

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(विवेक गाहा)
झापा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आफूविरुद्ध सुराकी गरेको भन्दै मोरङमा शिक्षक (प्राधानाध्यापक)को हत्या गरेको खुलेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीका अनुसार आफूहरुविरुद्ध सुराकी गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण पछि हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार श्रेष्ठको अपहरण गरिएको भन्दै मंगलबार बिहान ६ बजेतिर सूचना आएको थियो ।
अपहरणको सूचना आएपछि प्रहरीले खोजी पनि शुरु गरेको थियो । तर, अपहरणको सूचना आएको १ घण्टामै गोली हानी श्रेष्ठको हत्या गरिएको सूचना आएको एसपी खड्काले जानकारी दिए ।
बिहान करिब ५ जनाको समूहमा आएका व्यक्तिले घरबाटै ‘जबर्जस्ती उठाएर’ लगेको भन्दै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
घरबाटै उठाएर लगिएका शिक्षक श्रेष्ठको ३० मिनेटको पैदल दूरीमा रहेको जंगलमा गोली हानी हत्या गरिएको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका– बर्खे घर भएका ५४ वर्षीय श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
प्रतिबन्धित नेकपा (विप्लव समूह)का कार्यकर्ताबाट आफूहरुले नै श्रेष्ठको हत्या गरेको भनेर परिवारका सदस्यलाई सूचना आएको पनि प्रहरीको भनाइ छ ।
मोरङको मिक्लाजुङ पहाडी क्षेत्र हो । जहाँ पछिल्लो समय विप्लव समूहको गतिविधि बढ्दै गएको थियो ।
केही समय अगाडि मिक्लाजुङमा प्रहरीले विप्लव समूहविरुद्ध ‘सर्च अपरेशन’ चलाएको थियो । सर्च अपरेशनका क्रममा विप्लव समूहका केही कार्यकर्ता पनि पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!