१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके प्रहरीले ११ वर्षपछि ७ वर्षिया बालिका बलात्कार गर्ने हेमन्त कुमार पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(महेन्द्र सिंह) बाँके                                                     ७ वर्षिया बालिकालाई बलात्कार गरि फरार रहेका अभियुक्तलाई बाँके प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएकोछ ।
२०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको साविक कालाफाँटा गाविस वडा नम्बर–३, हाल नरैनापुर गाउँपालिका वडा नम्बर –३ नरैनापुर बस्ने ७ वर्षिया बालिकालाई २०६६ कात्र्तिक २७ गते अन्दाजी राती ९ बजे उनले जबरजस्ती गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार गरिएको पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मुल्तवि र फरार अपराधी पक्राउ गर्ने अभियानलाई तिव्रता दिएसगैं उनलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए । पक्राउ गरिएका हेमन्त कुमारलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!