०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

अफगानिस्तानमा टिभी तथा रेडियो महिला पत्रकारको गोली हानी हत्या

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

(ABC Sanchar)
काबुल । अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ।
एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंदलाई गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।
बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका थिए।
गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन्।
अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन्।
सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन्।
हालै नेटो र युरोपियन युनियनले एक वक्तव्य जारी गरेर अफगानिस्तानमा निशाना बनाएर भइरहेको हत्याको निन्दा गरेका थिए।
माएवंद एक सामाजिक अभियन्तासमेत थिइन्। उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भोग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए। एजिन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]