०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सेनाको मुख्यालयले हाई अर्लटमा रहन सैनिकहरुलाई निर्देशन दियो

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे सुक्ष्म निगरानी राख्दै अर्लटनमा रहन निर्देशन दिइएको छ।

आइतबार सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो।

स्रोतका अनुसार संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न मुख्यालयले निर्देशन दिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले पीएसओ बैठक नियमित भएको त्यसमा ‘सधैँजस्तै देशको पछिल्लो परिस्थितिले प्रवेश पाउन पनि स्वाभाविक’ भएको बताए।

यसैबीच, प्रधानमन्त्री ओलीले छलफलका लागि सुरक्षा परिषद्को बैठक बालुवाटारमा बोलाएका छन्। दिउसो ४ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!