२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

ABC (क्राईमबिट)
सिरहा । लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६७५ नंको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिए।

यस्तै सिरहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा आजै उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्र्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँ लाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!