२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ठुलो मात्रामा १०५ किलो गाँजासहित ७ जना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

ABC (क्राईमबिट) बिरगंज । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरीले वीरगंज महानगरपालिका-२१ लालबाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् । लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!