१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

दिहाल्ना महोत्सवमा क्रिकेट र भलिवल प्रतियोगिता

Logo
प्रकाशित बिहिबार, जेठ १७, २०७५

सागर रिजाल
प्युठान,१७ जेठ ।
लालिगुराँस रंगशाला झिमरुक गाउँपालिका–८ दिहाल्नामा स्थानीय तह स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद, संस्कृति तथा पर्यटन सम्बृद्धिको आधार, गन्तव्य दिहाल्ना हाम्रो सरोकार, राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव सम्पन्न भएको हो । स्थानीय तह टि–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा प्रथम आयोजक झिमरुक गाउँपालिका–८, द्धितिय मल्लरानी गाउँपालिका, तृतीय सरुमारानी गाउँपालिका र चौथो झिमरुक गाउपालिका भएका छन् । विजेता टिमले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै महोत्सवमा भलिवल प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम स्वर्गद्धारी नगरपालिका, द्धितिय गौमुखी गाउँपालिका, तृतीय नौबहिनी गाउँपालिका र चौथो सरुमारानी गाउँपालिका रहेका छन् । बिजेता टिमलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ । बिजेता टिमलाई नगद पुरस्कारका संगैै ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको हो ।
खेलकुद तथा पर्यटन महोत्सव अवधिभर कलाकरहरुले आफ्नो प्रस्तुती देखाएका थिए । कलाकार लोक दोहारी गायिका उमा गिरी, गायक दिपु मगर, चित्र अविरल, हास्यकलाकार भटभटे माइला, डान्सर सविता राना, विशाल वैरागी, धु्रव विरही रन्जन, राजबावु नेपाली लगायत रहनु भएको थियो ।
महोत्सवमा खुल्ला लोक नृत्य, हनुमान नाच तथा स्थानीय संस्कृति झल्कने प्रस्तुतीह? समेत प्रस्तुत गरिएको दिहाल्ना खेलकुल तथा पर्यटन महोत्सव २०७५ का अध्यक्ष तुलस बहादुर बस्नेतले जानकारी दिनुभयो । समापन समरोहमा प्रमुख अतिथि तिकल बहादुर जि.सी., विशिष्ट अतिथि गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, झिमरुका गाउँपालिका उपाध्यक्ष पवित्रा जिा.सी., जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष निपेन्द्र रोकाय लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!