१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

काठमाडौंमा नवजात शिशुको फेला२० वर्षीया आमा पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । भर्खरै जन्मिएको शिशुलाई झाडीमा फालेको भन्दै काठमाडौंको पवित्रानगरबाट प्रहरीले एकजना आमा (युवती)लाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ अन्तर्गत पर्ने पवित्रानगरमा बुधबार बिहान झाडीमा फालिएको अवस्थामा शिशु फेला परेको थियो ।

बुधबार बिहान करिब ३ बजेतिर झाडीमा शिशु कराएको आवाज सुनेपछि पुगेका स्थानीयले भर्खरै जन्मिएको शिशु झाडीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्दार गरेर उपचारका लागि कान्ति बाल अस्पताल ल्याएको थियो । शिशुलाई उपचारका लागि अस्पताल पुर्याइए पछि प्रहरीले शिशुलाई झाडीमा फाल्ने आमाको खोजी शुरु गरेको थियो ।

खोजीका क्रममा महाराजगञ्ज क्षेत्रमा डेरा गरी बस्ने २० वर्षीया युवती शिशुको आमा भएको खुलेको हो । ती युवती अविवाहित भएकी जनाइएको छ ।

प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकी शिशुकी आमाको पनि अहिले कान्ति बाल अस्पतालमा नै उपचार भइरहेको महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । डीएसपी विष्टले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!