१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् ।
उनलाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

थापालाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनीबाट ठगिएका अन्य व्यक्ति कोही भए सम्पर्क गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]