१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

माघ २३ गते प्रधानमन्त्रीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्ने !

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

 

ABC Sanchar
काठमाडौं । विभाजित नेकपाको ओली समूहले यही माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ । सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन् ।

यस आरोपलाई बल पुग्ने गरी शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा मदन भण्डारीको भाषणको अडिओ क्लिप फेसबुकमा पोष्ट गरेका छन् ।

आमसभाको दुई दिन अघि बुधबार मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ क्लिपसहित सभाको प्रचारात्मक पोस्टर फेसबुकमा सेयर गरेका हुन् ।

मन्त्री श्रेष्ठले फेसबुकमा पोष्ट गरेको उक्त २५ सेकेन्डको अडियो क्लिपमा मदन भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’

सो अडिओ क्लिप पोष्ट गरिएसँगै प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्न लागेको आशंकालाई थप सशंकित बनाएको छ । यही माघ २३ गते शुक्रबार नारायणहिटी राजदरबार अगाडि गर्न लागेको आमसभाको प्रचार प्रसारका लागि नेता मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ प्रयोग गरिनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोत ताजाखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]