२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

सबै जिल्लाहरुको (सिडियो र एसपी) सरुवाको तयारी

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो ।

सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे चार वर्षे कार्यकालका सचिवलाई ८ पटकसम्म सरुवा गरिएपछि सरकारी निर्णयको आलोचना भएको थियो । निर्वाचन आयोगले आचार संहित जारी गरेपछि अप्ठ्यारो पर्ने भएकाले त्यसअगावै सरुवाको तयारी गरेको स्रोतको दाबी छ । यसअघि, सरुवा भएका पूर्वमाओवादीनिकट फिर्ता बोलाउने रणनीति गृह मन्त्रालयले बनाएको छ । गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी भए पनि कतिपय प्रजिअ व्यक्तिगतरुपमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेकाले उनीहरुलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो ।
माओवादी निकट भए पनि पार्टी विभाजनपछि उनीहर गृहमन्त्री थापाकै लाइनमा नभएकाले सरुवा गर्न खोजिएको हो स्रोतले भन्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव–सहसचिवहरु गृह लैजाने र गृहका केहीलाई अन्यत्र पठाउने योजना बनाइएको छ । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!