(सागर थापा /महेन्द्र सिंह)
बाँके । मंगलबार भारतको वहराईच जिल्लामा सिमा सुरक्षा सम्बन्धि छलफल तथा अनत्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाँके जिल्लाको तर्फबाट सहायक प्र.जि.अ., जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना सशस्त्र प्रहरी बल नेपाल बाँकेका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख लगाएतको उपस्थित रहेको थियो भने भारतको तर्फबाट आई.जि.प्रमुख जिल्ला अधिकारी, तिनवटा जिल्लाका प्रहरी प्रमुख तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रेहेको थियो । कार्यक्रममा बाँके जिल्लामा हुने सिमा अपराध चोरी तस्करी नियन्त्रण सम्बन्धि दुई देसका जिल्ला सुरक्षा प्रमुखहरुबिच अन्तरक्रिया तथा छलफल गरीएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।