२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दमकमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु चारजना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

ABC Sanchar
झापा । पूर्वपश्चिम राजमार्गस्थित दमक नगरपालिका–४ मा आज अपर ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङ रतुवाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते हुनेमा सोही स्थान बस्ने २३ वर्षीय निरन बस्नेत, १८ वर्षीय हर्षित बाँस्तोला, उर्लाबारी नपा–८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही ठाउँ बस्ने ८५ वर्षीय शिवलाल ढुङ्गाना रहेका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नं १–०२–००१क १०८२ नंको ट्रिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकल र को २८ प ११३६ नंको अर्को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका थिए।

घाइतेमध्ये कोइरालाको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये प्रदेश–१–०२–०४४ प ८१३३ नंको मोटरसाइकल चालक बस्नेत र बाँस्तोलाईलाई विर्तामोडस्थित विएण्डसी अस्पताल, को२८प ११३३ नंको मोटरसाइकल चालक ढुङ्गाना, पछाडि बस्ने शिवलाललाई दमक अस्पतालमा उपचारका लागि पठाइएको छ।

इलाका प्रहरी कार्यालय दमकले ट्रिपर चालक दमक नगरपालिका बस्ने ४९ वर्षीय प्रकाश तामाङ र टिपर नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]