०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

२४ घन्टा नबित्दै डिएसपी खनालले लागुऔषध गाडीसहित ३जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७


(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!