२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

कोरोनाको त्रास सीमा नाकामा कडाई सजगता अपनाउन आग्रह

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह) बाँके । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र,मध्यप्रदेश,गुजरातमा केही दिनदेखि रात्रीकालिन कर्फ्यु जारी गरेको छ । 

महाराष्ट्र,तमिलनाडु,पञ्जाब,मध्यप्रदेश,दिल्ली,कर्नाटक,हरियाणा,गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल सरकारले कोरोना संक्रमण दर बढ्न थालेपछि सभा,जुलस,भेला, र्‍याली,बैठक तथा जमघट नगर्न निर्देशन दिएको छ । केही दिनयता भारतका विभिन्न स्थानमा संक्रमण बढेपछि नेपाल-भारत सीमामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो । महाशाखाले स्थालमार्ग हुँदै नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य रुपमा क्वारेन्टिनमा १० दिनसम्म राख्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । अन्य राष्ट्रबाट हवाई मार्ग हुँदै आउनेहरू अनिवार्य रुपमा ७२ घण्टा अघि पिसिआर रिपोर्ट लिएर आउने भएकाले स्थलमार्गमा जस्तो धेरै समस्या नहुने प्रमुख डा. पौडेलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!