१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँकेको चौबिसबिगाका अग्नी पिडितलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह) बाँके । मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट घरबिहिन भएका ७ घरपरिवारलाई नेपाल सरकारको तर्फबाट जनही रु १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका सामान तथा गाउँपालिकाको तर्फबाट खानाको प्रबन्ध मिलाईएकको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन ।

बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’, प्रदेश साँसद कृष्णा केसी ‘नमुना’ सहित घटनास्थल पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्ला विपद ब्यवस्थापन केन्द्रका तर्फबाट प्रत्येक घरपरिवारलाई राहतस्वरुप तत्कालकालागि १५ हजार नगद उपलब्ध गराईएको बताए ।
मंगलबार दिउसो करिब १ बजेको समयमा चौबिसबिगा गाँउमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको प्रयासमा आगलागि नियन्त्रणमा लिईएपनि आगलागीबाट ७ घर जलेर नष्ट भएका छन । यद्यपी आगलागीबाट मानविय क्षती भने नभएको सिडियो कुरुम्वाङले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!