१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

गृहको निर्देशन क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्नू

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

 

ABC Sanchar
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण फेरि फैलिने जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लामा क्वारेन्टिन र आइसोलेशन सेन्टरहरु तयारी अवस्थामा राख्न मातहत निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी क्वारेन्टिन र आइसोलेसन सन्टेरहरु तयारी अवस्थामा राख्न भनेको हो ।

कोरोना भाइरस संक्रमणको पहिलो लहर शुरु हुँदा गत वर्ष देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु बनाउन थालिएको थियो ।

तर, पछिल्लो समय संक्रमण आशंका गरिएका व्यक्ति र संक्रमित व्यक्ति कम हुँदै गएपछि क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु खाली हुँदै गएका थिए ।
गृह मन्त्रालयले यसअघि प्रयोगमा आएका क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे रिपोर्ट गर्न पनि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोमबार नै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन भनेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना भाइरसको संक्रमितहरु बढेकाले नेपालमा समेत त्यसको असर पर्नेसक्ने भएकाले सककर्ता अपनाउन सार्वजनिक अपिल गरेपछि गृह मन्त्रालयले समेत तयारी थाल्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सामाजिक दूरीको पालना गराउन, अनावश्यक भीड रोक्न, सीमा क्षेत्रमा हुने अनावश्यक आवत-जावत रोक्न पनि निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन पछि सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न थालिएको छ ।

यस्तै, नजिकिँदै गरेको होली पर्वलाई समेत लक्षित गर्दै विभिन्न जिल्लामा आंशिक निषेधाज्ञाहरु जारी गर्न थालिएको छ ।

गृह मन्त्रालयले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली तथा विदेशीको विवरण समेत संकलन गर्न निर्देशन दिएको छ ।

नेपाल-भारत नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर शंकास्पद अवस्था नदेखिए मात्रै प्रवेश अनुमति दिन भनिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]