१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँकेको सीमा नाकामा कडाई, अत्यावश्यक काम बाहेक जान नपाइने

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह) बाँके । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि बाँकेमा सीमा नाकामा कडाई गरिने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले स्वास्थ्य उपचार र अत्यावश्यक काम बाहेक सामान्य खरिदारीका लागि सीमापारी जान नदिने निर्णय गरेको छ ।

सीमा नाकामा आवागमन गर्नेको अभिलेख राख्ने, आवागमन गर्नेको स्वास्थ्य परिक्षण गर्ने, सघन समस्या देखिएमा कोरोना परिक्षण गर्ने, दश दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने, सरकारी कार्यालय, विद्यालय तथा भीडभाड हुने स्थानमा सामाजिक दुरीसंगै मास्कको प्रयोगलाई अनिवार्य गर्ने तथा जिल्लामा यसअघि रहेका क्वारेनटाइन र आइसोलेसन पुनः तयारी अवस्थामा राख्ने निर्णय पनि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!