१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

डियुटीमै रहेका प्रहरी यादबमाथि आक्रमण

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह) बाँके । कम्दीमा डियुटीमै रहेका प्रहरी जवान यादबमाथि आक्रमण
नेपालगन्ज । बाँकेको कम्दीमा प्रहरीमाथि आक्रमण भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी जवान श्रवण यादवलाई टिपरमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

गएराति टिपरमा सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कम्दीका प्रहरी जवान यादवले रोक्न खोजेपछि उहाँमाथि हातपात भएको हो ।

आक्रमण गर्ने चारै जना फरार छन् । कम्दी नहर तर्फबाट बालुवामाथि सालको काठ लोड गरेर आउँदै गरेको ना ८ ख ८२२८ नम्बरको टिपरलाई रोकेर काठ कम्दी चौकीभित्र लैजान भनेपछि टिपरमा रहेका व्यक्तिहरुले यादवलाई आक्रमण गरी फरार भएको कम्दी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक लाल बहादुर रानाले बताउनुभयो ।

ड्युटीमै रहेको प्रहरीलाई आक्रमण गर्दै बर्दी समेत च्यातिदिएको नायब निरिक्षक रानाले जानकारी दिनुभयो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

फरार रहेको टिपर र अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बरामद गरिएका सालका ३ वटा गोलिया र चालकलाई आजै जिल्ला वन कार्यालय बाँके पाठाइएको प्रहरी नायब निरिक्षक रानाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!