१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दैलेखबाट बाघ र रेडपाण्डाको छालासहित आठ जना पक्राउ 

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

 

दैलेख चैत १४ गते ।
प्रहरीले दैलेखमा बाघ र रेडपाण्डाको छालासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई दैलेखको नारायण नगरपालिका–३ खुर्सानिबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नौमुले गाउँपालिका–२ बाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राति पक्राउ गरेको दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

दैलेखको नौमुले गाउँपालिका–२ बाट दैलेख बजार आउँदै गरेको ०२००१ज००३६ नम्बरको डबल क्याप बोलेरो जिपलाई चेक चाज गर्दा वन्यजन्तुको छाला बरामद गरी पक्राउ परेका आठ जनालाई डिभिजन वन कार्यालय दैलेखमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ नाउँले बस्ने ५१ वर्षीय धनबहादुर मगर, सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय कबिराम अधिकारी, नौमुले–४ बस्ने १९ वर्षीय गाडी चालक रोशन बस्नेत, नौमुले–२ बस्ने ३३ वर्षीय धनबहादुर पुरी रहेका छन्।
यस्तै, नौमुले गाउँपालिका–३ बस्ने २२ वर्षीया दलबहादुर खत्री, नौमुले–२ बस्ने ४५ वर्षीया हस्तबहादुर थापा, भगवतीमाई गाउँपालिका–१ बस्ने २७ वर्षीय गोबिन्द थापा र सोही गाउँपालिका २ बस्ने–५६ वर्षीय धनबहादुर रावत रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाई ११ ईन्च चौडाई भएको रातो कालो रङको रेडपाण्डाको जस्तो देखिने जनावरको छाला, ५ फिट ९ इन्च लम्बाई, १ फिट ५ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ १ फिट ६ इन्च गोलाई भएको छाला र ३ फिट १ इन्च गोलाई भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला बरामद गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!