१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीले भरुवा बन्दुकसहित दुईजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षिय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । 

पक्राउ पर्नेमा घोराही १३ निवासी ३५ वर्षिय मधु शर्मा र सोही ठाउँ निवासी २७ वर्षिय भिम घर्ती रहेका छन् । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!