१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

म्यानमारमा सेनाले हवाई हमला गरेपछि हजारौं मानिस थाईल्याण्डतर्फ भाग्दै

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

ABC Sanchar
म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन्।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ।

म्यानमारको सेनाले आइतबार रातिमा तीनवटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पु¥याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको छ । उक्त संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन।

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन्।

यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन्।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!