१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

२०० वर्ष पुरानो विवादित भुमिको न्यायाधीशहरुको अवलोकन

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७


(समीर अली बेहना)

बाँके। नेपालगञ्ज उपमहानगरपालिका वडा ६ रहेको फुल्टेक्रा तालको अवलोकन गर्न उच्च अदालत तुलसीपुर बाँकेको माननीय वरिष्ठतम् न्यायाधीश श्री रत्नबहादुर वागचन्द्र र माननिय वरिष्ठतम् न्यायाधीश श्री राजेश कुमार काफ्ले ज्यूले स्वयं अवलोकन गर्नु भएको छ । बुधबार बिहान ११ बजे करिब २०० वर्ष पुरानो इतिहास रहेको कि.त नम्बर ५१५ र २२९ भनिएको तालको अवलोकन गरिएको छ । करिब २०० वर्ष पुरानो इतिहास रहेको तालको विवाद २०५२ साल देखी सुरु भएको थियो । साल २०५२ मा नेपालगञ्जको मुस्लिम समुदायले आफू वर्षौं देखि ताजिया सेलाउँदै आएको तालमा कर्बला रहेको दावी गरेपछि विवाद चर्किएको थियो । स्थानीयले समेत ताजिया सेलाउने स्थान रहेको र तालमा कर्बलाको जग्गा रहेको स्वीकार गरेपनि विवाद समाधान भएको छैन । २०७६ सालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयले गरेको सिफारिसको आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले सर्वदलीय बैठक बसि सम्झौता गरेको थियो । उक्त सम्झौतामा ३ बिगाहा कर्बला, ३ बिगाहा ३ कट्ठा क्रीकेट स्टेडियम , १९ विश्वा १५ धुर पार्किङ , २ बिगाहा ६ कट्ठा १० धूर मेर्छुवा , ५ कट्ठा क्रीकेट प्रतिक्षालय ५ र ३ कट्ठा वडा कार्यालयको छुट्याइएको थियो ।

सम्झौता भएको केहि समय पछि स्थानीयहरु दुई तपकामा विभाजित भएका छन् एक तपकाले स्टेडियम लगायतको भुमिहरुको निर्माण कार्यको विरोध गरेको छ भने आर्को तपकाले निर्माण कार्यलाई समर्थन गर्दै आएको छ । सम्झौता गरेको करिब दुई महिना पछी निर्माण कार्य सुरु भएको थियो । काम सुरु भएको एक महिनापछि केहि स्थानीयहरुले उक्त कुराको विरोध गर्दै सम्मानिय उच्च अदालत तुलसीपुर इजलास बाँकेमा मुद्दा दर्ता गरि ताललाई सोही हालमा छोड्न माग गरेको छन् । ताललाई सोही हालमा छोड्न माग गर्ने स्थानीयहरुले भन्छन्, उक्त तालमा क्रीकेट स्टेडियमहरु निर्माण हुँदा ताल सुकेर जान्छ । जसले गर्दा स्थानीय वासिन्दाहरुलाई पानीको समस्याबाट ग्रासित हुनुपर्छ । ताल सूक्दा पानीको लेबल घट्छ र वर्षा याममा समेत पानी शोषने श्रोत रहंदैन । उनीहरुको भनाइ अनुसार उक्त तालबाट स्थानीय कुमाहारहरुले माटो निकाल्ने गर्छन् । जसबाट उनीहरुले भाँडाकुडा बनाएर आफ्नो जीवन यापन गर्छन् ।

त्यस्तै आर्को तपकाले निर्माण कार्यको समर्थन गर्दै आएको देखिन्छ । समर्थन गर्नेहरुको अनुसार निर्माण कार्य भएपछि स्थानीय खेलप्रेमीहरुलाई सजिलो हुनुको साथ वर्षौं देखी चलिआएको मुस्लिम समुदाय र हिन्दु समुदाय बीचको विवाद समेत टुङ्गो लाग्छ । उनीहरुको अनुसार तालको वरिपरि जग्गा भएको व्यक्तिहरुले मात्र विकास कार्यको विरोध गरेको छन् । विकासको काम रोक्दा उनीहरुले आफ्नो जग्गाको दायरा बिस्तार गर्न सजिलो हुनेको साथ बाटो निकास गरि जग्गाको मुल्य बढाउने योजना रहेको विकास कार्यलाई समर्थन गर्ने स्थानीयले बताउँछन् । सोही ठाउँमा बस्ने सुधीर प्रताप सिहंले भन्नु हुन्छ क्रीकेट स्टेडियम , वडा कार्यालय , मेर्छुवा, पार्किङ स्थल , क्रीकेट प्रतिक्षालय र कर्बलाको विकासले सबैको समस्या समाधान हुन्छ । उहाँले भन्नू हुन्छ खेल प्रेमीहरुको लागि नेपालगञ्ज उपमहानगरपालिकामा कुनै ग्राउन्ड नरहेको अवस्थामा स्टेडियम निर्माण हुनु खेलप्रेमीहरुको लागि एउटा उपलब्धि हुन सक्छ । त्यस्तै गैरसरकारी स्थलहरुमा क्रीकेट खेल्ने र विभिन्न चुनौतीहरुलो सामना गर्ने खेलाडीहरुको लागी यो एउटा सहज स्थान साबित हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!