१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँके प्रहरीले ज्वाला सिंहको नाममा २ लाख चन्दा माग्ने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७


(महेन्द्र सिंह)
बाँके । जिल्ला बाँके राप्तीसोनारी गाँउपालिका वडा नं.५ जुरपानी वस्ने सिताराम थारु लाई विगत १ हप्ता पहिला देखी ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु.२,००,०००।- (दुई लाख) रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीको विशेष टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि बताउने जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं.४ सुर्यलालपुर वस्ने वर्ष २४ को विकास चौधरी, ऐ.ऐ.वस्ने वर्ष ४१ मेघनाथ चौधरी, ऐ.ऐ.वस्ने वर्ष ४० भिम बहादुर भण्डारी र जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं.१५ घर भई हाल जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ सल्यानी बाघ वस्ने वर्ष २९ ज्योती प्रकाश चौधरी लाई मिति २०७७।१२।२० गते अं.२०:०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.२२ पुरैनीबाट निजहरुले लिएको चन्दा रु १०,०००। -(दश हजार) सहित चन्दा रकम माग गर्ने प्रयोग गरेको ९८२६५१८९२९ नं. सिम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!