२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बर्दिया सशस्त्र प्रहरीले २० केजी जरायो मासुसहित अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

 (महेन्द्र सिंह) बर्दिया । सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।सशस्त्र प्रहरीले बल नम्बर ३१ गण बर्दिया मातहतका बिओपीहरु र गस्ती टोलीले अवैध रुपमा चोरी पैठारी गरि नेपाल तर्फ भित्र्याउदै गरेको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रमुख एसपी नर बहादुर रावतले जानकारी दिएका छन्।
एसपी रावतका अनुसार सशस्त्र प्रहरीले सुर्तिजन्य पदार्थ, चिनी, काठ र ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीलाई छोटी भन्सार कार्यालय बर्दियामा बुझाइएको एसपी रावतले जानकारी दिएका छन्।

यस्तै बर्दिया मधुवन नगरपालिका वडा नम्बर ३ धनौरा स्थित विओपि भगरैयाबाट सशस्त्र प्रहरी निरीक्षक मगरु चौधरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको २० केजी जरायोको मासु बरामद गरी खाता सब डिभिजन बन कार्यालयमा बुझाएको एसपी रावतले बताए।

बर्दियामा बर्तमान समयमा जिल्लाभर सशस्त्र प्रहरीका थप बिओपीहरु स्थापना भएपछि तस्करी बिरुद्द ससश्त्र प्रहरी खरो रुपमा उत्रिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!