१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

१४ जिल्लामा उच्च सतर्कता अपनाउन र विद्यालय पनि नजान मन्त्रालयको अपिल

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

(ABC-Sanchar)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा पठनपाठन सञ्चालन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको हो । यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा ब्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]