२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दोलखामा कारागार भित्र थुनुवाले गरे आत्महत्या

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

ABC (क्राईमबिट)
चरिकोट । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन्।

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

आज दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।

थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेको बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!