२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डान्स आइकन नेपालको टाईटल प्रायोजन कला प्रेमीअभियान बस्नेतले गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

सागर थापा
दाङ असार ४
राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी बस्नेत रियल स्टेट जिनेस म्यान हुनुहुन्छ । “नृत्य क्षेत्रको सानो योगदान गर्न पाउँदा खुसी छु” बस्नेतले भन्नुभयो । बस्नेत नारायणपुर उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष तथा विभिन्न संघसंस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
डान्स आइकन दाङ (डिआइडी) का दुईवटा संस्करणहरु सफलतापुर्वक सम्पन्न गरीसकेपछि तेश्रो संस्करणका लागि बस्नेतले टाइटल प्रायोजन गर्नलाग्नुभएको कलासंस्कृतिको उन्नयनमा समर्पीत डिटेन एन्टरटेन्मेन्ट प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । मोफसलका कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्दे केन्द्रिय स्तरको स्टेज प्रदान गर्ने उद्धेस्यले दाङ जिल्लालाई आधारबनाएर आयोजना गरिएको नृत्य बिद्याको प्रतिस्पर्धात्मक प्रतियोगितालाई राप्ति ग्याँस उद्योगका उद्योगपति कलाप्रेमि खड्ग बुढाथोकि, पिएमपि पोल्ट्रिफर्म तथा फ्रेस हाउसका प्रोपराईटर तथा कलाप्रेमि पोषणनाथ योगी,गौरीशंकर ओभरसीज दाङ साखाका प्रमुख यादव शैघाली, कलाप्रेमी सन्तोष भण्डारी ले स्पोन्सर गर्नुभएको आयोजकले जनाएको छ ।
केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रशारण गरीने रियालिटि शो को अडिसन राउण्ड चलिरहेको आयोजकले जनाएको छ । प्युठानबाट सुरुभएको अडिसन महेन्द्र नगरमा गएर समापन गरिने छ ।
प्रत्येक जिल्ला बाट कम्तििमा पनि एक जनाको प्रतिनिधित्व सुनिस्चित रहने गरी चाँजोपाँजो मिलाईएको देवकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!