२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपालको अक्सिजन धमाधम भारततिर जादै

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

(ABC-Sanchar)
काठमाडौं । दोस्रोे लहर कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।

भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको खबर छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएकालाई अक्सिजन दिनु परिरहेको छ ।

‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीहरुलाई निकासी नगर्न आग्रह गरेका छौं’, संघका अध्यक्ष घिमिरेले भने ।

संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने धन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाइ फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामाग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।

त्रिपुरेस्थित अक्सिजन ट्रेड लिंकका सञ्चलक सोहेल श्रेष्ठले गएको सातादेखि अक्सिजनबारे सोधखोज गर्ने र किन्ने ग्राहक बढेको बताए । उनी इलेक्ट्रिक अक्सिजन कन्सन्ट्रेटर बिक्री गर्छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!