०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

लुटेरा माथि बौद्धमा प्रहरीको फायर,लुटेरा खुँडे घाईते

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

सागर थापा, काठमाडौँ। काठमाडौँको बौद्ध स्थित मुलपानीमा बिहिवार साझ गोलि चलेको छ । लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलि चलाएको हो । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुँडे भनेर चिनिने सिन्धुपाल्चोक, बाह्रबीसेका २६ बर्षिया अम्वरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले एविसीलाई जानकारी दिनुभयो ।उनका अनुसार बिहीबार राति ८ बजे मुलपानीमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिन गोलि चलाएको हो ।खुँडे गोकर्णेश्वर नगरपालिका काठमाण्डौमा डेरा गरि बस्दै आएको बुझिएको छ ।
अम्बरको दाहिने खुट्टामा गोली लागेको छ।उनि घाइते भएका छन् । उनलाई अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ ।प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली समेत बरामद भएको छ । त्यसैगरी एक हजार २ सय अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । खुंडेले गत जेठ २८ गते भक्तपुरको सुर्यबिनायक जंगलमा चापाकोट नगरपालिका-१४ घर भइ हाल रत्न नगर नगरपालिका १० बस्ने राज भण्डारीको साथमा रहेको आठ लाख डलर लुटेका थिए । अम्वरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । त्यस्तै राजधानिको कपन स्थित संयुक्तपार्कमा ताप्लेजुङ फुललिङ नगरपालिका ४ बस्ने राजकुमार बानियाको साथमा रहेको ४९ लाख डलर सोही खुँडे समुहले लुटेको आरोप लागेको छ ।उक्त रकम लुट्ने काममा चार जना संलग्न रहेको जानकारी प्रवउ सिंहले दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!