२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुटेरा माथि बौद्धमा प्रहरीको फायर,लुटेरा खुँडे घाईते

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

सागर थापा, काठमाडौँ। काठमाडौँको बौद्ध स्थित मुलपानीमा बिहिवार साझ गोलि चलेको छ । लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलि चलाएको हो । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुँडे भनेर चिनिने सिन्धुपाल्चोक, बाह्रबीसेका २६ बर्षिया अम्वरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले एविसीलाई जानकारी दिनुभयो ।उनका अनुसार बिहीबार राति ८ बजे मुलपानीमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिन गोलि चलाएको हो ।खुँडे गोकर्णेश्वर नगरपालिका काठमाण्डौमा डेरा गरि बस्दै आएको बुझिएको छ ।
अम्बरको दाहिने खुट्टामा गोली लागेको छ।उनि घाइते भएका छन् । उनलाई अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ ।प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली समेत बरामद भएको छ । त्यसैगरी एक हजार २ सय अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । खुंडेले गत जेठ २८ गते भक्तपुरको सुर्यबिनायक जंगलमा चापाकोट नगरपालिका-१४ घर भइ हाल रत्न नगर नगरपालिका १० बस्ने राज भण्डारीको साथमा रहेको आठ लाख डलर लुटेका थिए । अम्वरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । त्यस्तै राजधानिको कपन स्थित संयुक्तपार्कमा ताप्लेजुङ फुललिङ नगरपालिका ४ बस्ने राजकुमार बानियाको साथमा रहेको ४९ लाख डलर सोही खुँडे समुहले लुटेको आरोप लागेको छ ।उक्त रकम लुट्ने काममा चार जना संलग्न रहेको जानकारी प्रवउ सिंहले दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!