१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके प्रहरीको आयोजनामा १० बेडको आइसोलेशन केन्द्र स्थापना

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ ।
कोरोना महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आईसोलेसनमा राख्नको निमित्त प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १० मा आइशोलेन केन्द्र निर्माण गरेको हो ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको सहयोगमा प्रहरीले नेपालगञ्जको गणेशमान चोकमा रहेको निस्शुल्क लागूऔषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेशन केन्द्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार निर्माण गरिएको आइसोलेशन सेन्टरमा स्वाश्थ्यकर्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आईसोलेसन केन्द्र स्थपना गरिएको बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]