२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बाँके प्रहरीको आयोजनामा १० बेडको आइसोलेशन केन्द्र स्थापना

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ ।
कोरोना महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आईसोलेसनमा राख्नको निमित्त प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १० मा आइशोलेन केन्द्र निर्माण गरेको हो ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको सहयोगमा प्रहरीले नेपालगञ्जको गणेशमान चोकमा रहेको निस्शुल्क लागूऔषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेशन केन्द्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार निर्माण गरिएको आइसोलेशन सेन्टरमा स्वाश्थ्यकर्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आईसोलेसन केन्द्र स्थपना गरिएको बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!