०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

भुपेन्द्र बुढाथोकी प्रहरी सेवाका साथै गित संगितमा पनि उत्कृष्ट

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

तेज वली /जेठ,६ दाङ । बिक्रम सम्बत् २०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई आफुले गित गाएर सुनाउने गर्दथे बाल्यकालदेखि नै गित संगीत संगसंगै उनको अर्को सपना थियो,लाउरे बन्ने जिबनमा ठुलो उमेर भएर यी दुवै सपना पुरा गर्छु भन्ने आट लिएर भुपेन्द्रले बिक्रम सम्बत २०५९ सालमा सल्यान जिल्लावाट बसाई-सराई गरेर आफ्ना परिवारजन संगै उनीहरु दाङ तुलसीपुर शहर आएर उनले तुलसी बोर्डिंग स्कूल बाट आफ्नो अध्यन शुरु गरे । अध्यनको क्रममा बिक्रम सम्बत २०६८ सालमा उनले तुलसी बोर्डिंग स्कुलबाटै एसएलसी परिक्षामा निकै राम्रो नतिजा सहित डिस्टिंक्सनमा पास गरे,एसएलसी पछी उनले आफ्नो प्लस २ अध्यनका लागि तुलसीपुरमै रहेको गोर्खा स्कूलदेखि ब्यबस्थापन संकायमा अध्यन गरे ।

दुई वर्षको ब्यबस्थापन अध्यनमा पनि उनले डिस्टिंक्सनमै प्लस २ पास गरे त्यसपछी उनले आफ्नो लाउरे बन्ने सपना तिर अगाडी बढ्न थाले, पढाई निकै राम्रो भएतापानि उनि लाउरे बन्न चाहन्थे लाउरे बन्ने सपना लिएर लाउरेको तालिमका लागि दाङ जिल्लाको सदरमुकाम घोराही गए।त्यहा उनले लाउरे सम्बन्धि तालिम लिए निकै लामो समय सम्म तालिम गर्दा र धेरै प्रयास गर्दा पनि सफलता हात मिलेन लाउरेमा सफलता नमिले पछि उनले कोरिया जाने निधो बनाए कोरिया जानको लागि कोरियन भाषा सिक्न थाले कोरियन भासा सिक्दै गर्दा उनले नेपाल प्रहरीको सहायक निरिक्षकमा पहिलो प्रयास गर्ने बिचार गरे र उनि पहिलो पटकमै छनोट हुन् सफल पनि भए ।

बिक्रम सम्बत २०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनि १ वर्षको तालिम सकेर बाँके जिल्लामा पोसटिंग भएर आफ्नो पढाईलाई पनि निरन्तरता दिनुका साथै बाँकेमा कार्यरत रहदै गर्दा उनको गित संगीत क्षेत्रमा झुकाप रहन पुग्यो । लाहुरे बन्ने सपना भएका उनि, लाउरे बन्न नसकेपनि नेपाल प्रहरीमा भने आबद्द रहेर सोहि क्रममा उनले आफ्नो जिबनको पहिलो गीत निकाले “हामी नेपाल प्रहरी” जसमा स्वर थियो, चर्चित गाएक राजेस पाएल राईको र उक्त गीत उनले आफै लेखेका थिए,भने सोही गीतमा उनले अभिनय समेत गरेका थिए ।

उनले निकालेको दोस्रो गीत “फुल भनौँ जिन्दगीलाई” जसमा पुर्णिमा लामाको स्वर थियो र जुन गित पुर्णिमा लामाको पनि चर्चित गित बन्न पुग्यो र भुपेन्द्र बुढाथोकीले सोहि गितबाट एउटा अवार्ड समेत पाउन सफल भए । यसरी उनिले थुप्रै गितहरु लेखिसकेका छन र उनिले गितको साथ साथै पढाई लेखाइलाई निरन्तरता दिएकै कारण होला उनको मेहनतले गर्दा २०७७ मा उनि सहायक सहायक निरिक्षक बाट पहिलो पटकमै प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भए । हाल उनी प्रहरी निरिक्षक भएर ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत छन । उनले अहिले सम्म ९ वटा गीतहरु निकालिसकेका छन भने उनले आफ्नो पेशा र सौखलाई संगै अगाडि बढाउने सोँचेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

error: Content is protected !!