१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके प्रहरीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

(महेन्द्र सिंह)
बाँके । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा न- ३ एकलैनी बस्ने २७ वर्षीय सदाव हलुवाईलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको Special Task Force Team ले शनिबार पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेको मिति २०७७।०९।०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका हलुवाई हालसम्म फरार थिए । पक्राउ परेका हलुवाईलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएकाे छ । याेसंगै बाँकेमा हालसम्म ५८० जना फरार अभियुक्त पक्राउ परिसकेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]