१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

यी हुन समाचार लेखेकै भरमा १८ का वडाध्यक्ष वर्माद्वारा पत्रकार पाठकलाई धम्की दिने

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा कार्यालय नम्बर १८ मा बाटोको ठिक बीचमा रहेको ढलको विषयमा समाचार लेखेपछि वडाध्यक्ष दिपक वर्माले फोन गरेर पत्रकारलाई धम्क्याएका छन ।

कारकादो देखि पश्चिम् तर्फ जाने विशाल चोक अन्तर्गतको बाटोमा निर्माण गरिएको बाटोको ढलको ढक्कन भत्किएर रातिको समयमा दुर्घटना निम्त्याउने खतरा बढे पछि नील खबरले शुक्रवार समाचार सम्प्रेषण गरेको थियो ।

जस पछि आर्को दिन शनिवार ११:४५ बजेको समयमा नील खबरकि संगीता पाठकलाई वडाध्यक्ष वर्माले कल गरेर समाचार किन लेखेको विषयमा प्रश्न गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा तनाउने धम्की दिएका छन ।

जबकी शुक्रवार समाचार सम्प्रेषण गर्न अघि नै वडाध्यक्षलाई बिस्तृत बुझ्न सम्पर्क गरिएको थियो तर उनले बहाना बनाएर आर्को दिन कल गर्न भनेका थिए । आर्को दिन भन्नले आज ‘शनिवार’ हो ।

अध्यक्षले धम्की दिदै भने,’दिपक वर्मा को हो भन्ने तिमीहरु आइतबार बुझ्छाैं, आज शनिबार छ त्यसैले भोलि आइतबार जिल्ला प्रहरीमा तान्न लगाउन’ धम्क्याएका छन ।
जबकी समाचारको विषयमा सम्बन्धित निकाय, र चित्त नबुझे अन्य उपाय पनि छ ।’ समाचार प्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रिया मार्फत् त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदारहँदै त्यसलाई बेवास्ता गरी पत्रकारलाई धम्क्याउनु र अभद्र व्यवहार गरिनु निन्दनीय कार्य हो ।

कुनैपनि समूह वा व्यक्तिबाट प्रकाशित समाचारलाई लिएर पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरूद्धको कार्य हो ।

बिगत देखै नै पत्रकारले समाचार लेखेकै कारण विभिन्न तरिकाले प्रेस स्वतन्त्रता माथी नै प्रहार हुने खालका कार्य हुँदै आएको भए पनि हाल सम्म सम्बन्धित निकायले उचित कानुन व्यवहारिक रुपमा उतार्न सकेको छैन । उक्त कार्य प्रति नील खबर अन्लाईन मिडिया प्रा.लि. ले घोर निन्दा व्यक्त गरेको छ । निल खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]